एशिया कप छनाेटमा नेपालले अाज सिंगापुरसँग खेल्दै

एशिया कप छनोट प्रतियोगितामा नेपालले अाज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । हिजाे भएकाे खेलमा नेपालले घरेलु टिम मलेसियालाई १९ रनले हरायो ।

पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो । उक्त जितपछि एसिया कप छनोटको फाइनल खेल्ने नेपालको सपना जीवितै रहेको थियो ।

यस्तै नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ ।  तर, पछिल्लो खेलको नतिजाको आधारमा नेपालविरुद्ध सिंगापुरले आश्चर्यजनक नतिजा निकाल्ने सक्ने सम्भावना भने कमजोर छ ।

नेपाल भर्सेस सिंगापुर (हेड टु हेड)

सन् २००८ (एसीसी एलिट ट्रफी) : नेपाल ६ विकेटले विजयी

सन् २०१० (विश्व क्रिकेट लिग डिभिजन-५) : नेपाल १६ रनले विजयी

सन् २०१० (एसीसी एलिट ट्रफी) : नेपाल २१ रनले विजयी

सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन-४) : नेपाल ५ विकेटले विजयी

सन् २०१४ (विश्व क्रिकेट लिग डिभिजन-३ ) :  नेपाल १९० रनले विजयी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest