भारतीय टिममा पहिलाे पटक परेका खलील काे हुन ?

आगामी १५ तारिखदेखि युएईमा शुरुहुने एसिया कप क्रिकेटका लागि भारतले टिमको घोषणा गरेकोमा राजस्थानका बायाँ हाते तिब्रगतिका बलर खलील अहमद नयाँ अनुहार परेको छ ।

राजस्थानको टोंक जिल्लास्थित मालपुरा गाउँमा खलील २० बर्षका मात्रै छन् । उनले लिस्ट ए म्याचमा २८ विकेट लिएका छन् । उनी माथि भारतीय पूर्व कप्तान राहुल द्रविडले सन् २०१६ को यू १९ विश्व कपदेखि खलील माथि आखाँ लगाएका थिए ।

द्रविड प्रशिक्षक भएकै कारण उनी इन्डियाको ए टिम र अन्डर नाईनटीबाट खेल्दै आएका छन् । द्रविडले धेरैनै विश्वास गरेका खलीलको बलिङ गति प्रतिघन्टा १४६ किलोमिटर रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यसैगरी खलील सन् २०१६ मा दिल्ली डेरडेभिल्सले १० लाखमा खरिद गरेको थियो भने सन् २०१८ मा सनराइजर्स हैदराबादले उनलाई ३ करोड २० लाखमा खरिद गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest