हङकङ विरूद्द पहिले ब्याटिङ गरेकाे नेपाललाइ सुरूवातमा नै झट्का

एशिया कप छनोट अन्तर्गत नेपालले अहिले हङकङसँग खेलिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपाललाई सुरुवातमा नै झट्का लाग्न पुग्यो ।

फाइनलमा स्थान बनाउने संभावना जिवितै राख्नका लागि ठुलो अन्तरले विपक्षीलाई हराउनु पर्ने नेपालले मात्र एक रन हुदा पहिलो विकेट गुमायो ।

ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए । त्यसपछि नेपालले २३ रनमा अर्को विकेट गुमायो । कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए ।

नेपाल र हङकङकाे हेड टु हेड

सन् २०१२ एसीसी ट्रफि एलिट नेपाल १२५ रनले विजयी

२०१४ विश्वकप छनोट हङकङ १० विकेटले विजयी

२०१४ एसीसी प्रिमियर लिग नेपाल ७ विकेटले विजयी

२०१७ एसीसी इमर्जिङ कप नेपाल ७ विकेटले विजयी

२०१७ विश्व क्रिकेट लिग पहिलो खेल हङकङ ८३ रनले पराजित

२०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप दोस्रो खेल बर्षाका कारण रद्द

२०१८ विश्वकप छनोट नेपाल ५ विकेटले विजयी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest