इग्ल्याण्ड क्रिकेट टिमका पुर्व कप्तान एलेस्टर कुककाे सन्यास

इग्ल्याण्ड क्रिकेट टिमका पुर्व कप्तान एलेस्टर कुकले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । ३३ बर्षे बाँया हाते ब्याट्सम्यान कुकले सबै किसिमको खेलाडी जीवनबाट सन्यासको घोषणा गरे ।

इग्ल्याण्डका सर्वाधिक रनकर्ता कुकले भारत विरुद्धको टेष्ट श्रृखंला सकिएपछि खेलाडी जिवन त्याग्ने बताएका छन । राष्ट्रिय टिमबाट एक सय ६० टेष्ट खेलेका कुकुले १२ हजार २५४ रन बनाएका छन । जसमा ३२ वटा सतक रहेका छन ।

कुनै समय टेष्ट क्रिकेटमा सचिनको किर्तीमान तोड्ने खेलाडीका रुपमा हेरीएका कुकले आफुले राष्ट्रका लागि गर्नसक्ने गरेको बताएका छन । भारत विरुद्धको पाँचौ टेष्टमा पनि टिमलाई जित दिलाउने लक्ष्यमा रहेका कुकले देशका लागि ५९ टेष्टमा कप्तानी गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest