हङकङ विरूद्द नेपालकाे पारी धरासायी, एशिया कप छनाेटबाट बाहिरीने लगभग निश्चित

एशिया कप छनोट अन्तर्गत नेपालले अहिले हङकङसँग खेलिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपाललाई सुरुवातमा नै झट्का लाग्न पुग्यो । फाइनलमा स्थान बनाउने संभावना जिवितै राख्नका लागि ठुलो अन्तरले विपक्षीलाई हराउनु पर्ने नेपालले मात्र एक रन हुदा पहिलो विकेट गुमायो । ओपनर सुवास खकुरले खाता खोल्न नपाउदै आउट भए ।

त्यसपछि नेपालले २३ रनमा अर्को विकेट गुमायो । कप्तान पारस खड्का मात्र १४ रनमा पेभेलियन फर्किए । नेपालको स्कोर ४४ रनका हुदा अनिल शाह १५ रनमा आउट भएपछि तेस्रो विकेट गुमायो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । ४८ रन बनाउदा ज्ञानेन्द्र मल्ल १२ रनमा पेभेलियन फर्किए जसका कारण नेपालले चौथो विकेट गुमायो ।

निकै कमजोर ब्याटिङ गरेको नेपालले ५५ रनमै छैटौ विकेट खेर फाल्यो । सागर पुन ७ रनमा आउट भए । नेपालको स्कोरबोर्डमा अरु तीन रन थपिदा सातौ विकेट गयो । सोमपाल कामीले खाता खोल्न सकेनन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest