एशिया कपकाे ढाेका खाेल्न युएइ र हङकङ भिड्ने

एशिया कप छनोटको फाइनलमा युएई र हङकङ खेल्ने भएका छन ।

नेपाललाई तीन विकेटले विजयी भएको हङकङले रनरेटका आधारमा ओमानलाई पछि पार्दै फाइनलमा स्थान बनायो । प्रतियोगितामा अपराजित रहदै आएको ओमान अन्तिम खेलमा युएईसँग १३ रनले पराजित भयो ।

युएई ८ अंकका साथ शिर्ष स्थानमा रहदै फाइनलमा पुग्यो भने ओमान र हङकङको समान सात सात अंक भएपनि रेनरेटका आधारमा ओमानलाई पछि पार्दै हङकङले फाइनल यात्रा गर्यो ।

हङकङको १.५३ रन रेट रह्यो भने ओमानको ०.५८३ मा झर्यो । अब फाइनल जित्ने टिमले एशिया कपमा पाकिस्तान र भारत रहेको समुहमा पर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest