एशिया कपबाट बाहिरीएकाे नेपाल भाेली स्वदेश फर्किदै

एसिया कप छनोट खेल्न मलेसिया गएको नेपाली टोलि भोलि स्वदेश फर्कने भएको छ ।

मलेसियामा भएको प्रतियोगितामा चौथो भएको नेपाल भोलि मध्यान्ह सवा १२ बजे काठमाडौं आइपुग्ने छ ।

मलेसियामा नेपाल युएई, ओमान र हङकङसँग पराजित भएपछि छनोट चरणको फाइनल खेल्ने सपना तुहिएको थियो ।

एसिया कप छनोटको उपाधिका लागि हङकङ र युएई भिड्दै छन् ।

यी दुईको विजेताले १५ सेप्टेम्बरदेखि शुरुहुने एसियाकपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै भोलि फर्कन लागेको नेपाली टोलीमा सन्दिप लामिछाने पनि सँगै आएका छन् ।

नेपालले एसिया कपमा स्थान बनाउन नसके पनि सन्दीपले भने यस प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै १५ विकेट लिएका थिए ।

अन्तिम खेलमा हङकङविरुद्ध उनले ५ विकेट लिए पनि नेपाल पराजित भएको थियो ।

एसिया कपको छनोटका लागि नेपाली टिम काठमाडौबाट जाँदा उनी सीपीएल खेल्न गएकालेसँगै गएका थिएनन् ।

सन्दीप सीपीएल खेलेर उतैबाट मलेसिया आएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest