भारतीय कप्तान काेहलीले बनाए अर्काे रेकर्ड

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले नचाहँदा नचाहँदै रेकर्ड बनाएका छन् । तर उनको यो रेकर्ड भने अचम्मको छ । उनी भारतका तेस्रो कप्तान बने जो पाँच टेस्ट श्रृंखलाको सवै खेलमा टस हारे ।

शुक्रबारदेखि शुरु भएको पाँचौ टेस्टमा पनि कप्तान कोहलीले टस हारेका थिए । यसअघि भारतका कप्तान अमरनाथले वेस्टइन्डिजविरुद्ध १९४८ र कपिल देबले पनि वेस्टइन्डिज विरुद्ध १९८२ मा सवै टस हारेका थिए ।

भारतका एक जना मात्र कप्तानले सवै टस जितेका छन् । अली खान पटौदीले पाँचै टस्ट जितेका छन् । उनले १९६३ मा इंग्ल्याण्ड विरुछका पाँच टेस्ट श्रृंखलामा सवै टस जितेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest