एबी डिविलियर्सले अर्को बर्ष पाकिस्तान सुपर लिग खेल्ने

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डिविलियर्सले अर्को बर्ष पाकिस्तान सुपर लिग खेल्ने भएका छन् ।

केही महिना पहिला अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका डिविलिलर्यले ट्वीट गर्दै ‘यो पाकिस्तान सुपर लिग पीएसएलको समय हो । त्यसैले फेब्रुअरीमा पार्टी हुन्छ ।’

डिविलियर्सले ट्वटी गरे पनि उनी कुन टिमबाट खेल्ने अझै टुंगो भने लागेको छैन ।

३४ बर्षीय डेविलियर्सले दक्षिण अफ्रिकाका लागि ११४ टेस्ट, २२८ वानडे र ७८ टी–२० खेलका छन् ।

उनी आइपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरबाट पनि खेलेका थिए ।

आईपीएलमा १४१ म्याच खेलेका डिविलियर्सले ३ हजार ९सय ५३ रन बनाएका छन् । जसमा तीन शतक र २८ अर्धसतक पनि प्रहार गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest