जिम्बावेका खेलाडी सिकन्दर राजाकाे सम्झाैता नविकरण गर्न बाेर्डले मानेन्

जिम्बाब्वेको क्रिकेट बोर्डले सम्झौताका शर्त उनले उल्लंघन गरेको भन्दै ब्याट्सम्यान सिकन्दर राजाकाे सेन्ट्रल कन्ट्रयाक्ट नविकरण नगर्ने भएकाे छ ।

बोर्डले विज्ञप्ति जारी गर्दै नो-अब्जेक्सन सर्टिफिकेट (एनओसी) बिना इंग्ल्याण्डमा क्लब क्रिकेट खेलेको तथा क्यानाडाको ग्लोबल टी-२० मा खेल्न बोर्डसँग स्विकृती नलिएकाे अारोप लगाएको छ ।

बाेर्डले राजाकाे व्यवहार, अनुशासन र प्रतिवद्धताबाट बाेर्ड असन्तुष्ट रहेकाे बताएकाे छ । त्यसैले उनलाई नयाँ सम्झौता प्रस्ताव नगरेकाे बताएकाे छ ।

बाेर्डले सम्झाैता नविकरण नगर्ने भएपनि राष्ट्रिय टिममा फर्कने ढोका भने खुल्ला राखेकाे छ । जिम्बावे बाेर्डले सेन्ट्रल कन्ट्राक्ट नहुनेले पनि राष्ट्रिय टिमबाट खेल्न सक्छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest