भारत र अफगानिस्तान विरूद्दकाे सिरीजका लागि नेपाली यू-१९ टिम भारत प्रस्थान

भारत र अफगानिस्तानसँग एकदिवसीय सिरिज खेल्न नेपाली यू—१९ राष्ट्रिय क्रिकेट टोली प्रस्थान गरेकाे छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को निमन्त्रणामा १५ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

भारत जाने खेलाडीको नाम भने गत शुक्रबार सार्वजनिक गरिएको थियो । मोहमद आसिफ शेखको कप्तानीमा खेलाडी छनोट समितिले टोलीको घोषणा गरेको हो ।

त्यस्तै तृतराज दास, रीत गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भीम सार्की, कमल सिंह ऐरी र सन्दीप जोरा टिममा छन् ।उनीहरु सबै यसअघि यू–१९ र यू–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु हुन् ।

टिममा ६ जना नयाँ अनुहार छन् । रवि साह, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम गत महिनाको अन्त्यमा भएको ट्यालेन्ट हन्टबाट छनोट भएका हुन् ।

सेप्टेम्बर १२ देखि भारतको कोलकातामा भारत, नेपाल र अफगानिस्तानसहित भारतको राष्ट्रिय क्रिकेट एकेडेमीको यू–१९ टोली सम्मिलित एकदिवशीय सिरिज हुँदैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest