करियरकाे अन्तिम टेष्टमा कुककाे सतक, टेष्ट क्रिकेटमा धेरै रन बनाउने पाँचाै खेलाडी

करियरको अन्तिम खेलमा एलेस्टर कुकले टेष्ट क्रिकेटमा सतक प्रहार गरेका छन । यतिमात्र हाेइन उनले टेष्टमा सर्वाधिक रन बनाउने सुचिमा पाँचौ स्थानमा उक्लिएका छन । भारत विरुद्धको पाँचौ टेष्टमा सतक बनाउदै करियरकाे बिदाइ सुखद बनाएका छन । कुकले १२ हजार ४१२ रन बनाउदै कुमार सांगाकाराको रेकर्डलाई तोडेका छन ।

इग्ल्याण्ड क्रिकेट टिमका सर्वाधिक सफल ब्याट्सम्यान कुकले पाँचौ टेष्टको दोस्रो इनिङमा ८० रन पुरा गरेपछि सांगाकाराको किर्तीमान तोडेका हुन । टेष्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा उनि पाचौ स्थानमा छन ।

यो सुचिमा सचिन तेन्दुलकर पहिलो स्थानमा छन । उनको १५ हजार ९ सय २१ रन छ । दोस्रो स्थानमा रहेका रिकी पोन्टिङको १३ हजार ३ सय ७८ रन छ भने ज्याक कालीसको १३ हजार २ सय ८९ र राहुल द्रविडको १३ हजार २ सय ८८ रन छ ।

भारत विरुद्धको ५ खेलको श्रृखंला अन्तर्गत अन्तिम टेष्टमा सतक प्रहार गर्दै आरामदायी विदाई गर्ने लक्ष्यमा रहेका कुकले ५ वटा दोहोरो सतक बनाएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest