पहिलाे खेलमा नेपाल यु १९ भारतकाे बी टिमसँग ४० रनले पराजित

भारत र अफगानिस्तान सम्मिलित एकदिवसिय क्रिकेट श्रृखंलामा नेपाल यु १९ ले पहिलो खेलमा भारतको बी टिमसँग ४० रनको हार ब्यहोरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतको बी टिमले ४९ ओभरमा एक सय ६१ रन बनायो । उसका लागि ओपनर कमरान इक्वालले ५० रन बनाएपनि बाकि खेलाडीले खासै राम्रो खेल्न सकेनन ।तर सबैले मध्यम योगदान दिए ।

बलिङ तर्फ नेपालका कमलसिंह ऐरीले ३ तथा पवन सराफले २, किशोर महतो, संसद आलम, सागर धकालले एक-एक विकेट लिए ।

जवाफमा नेपाल ४१ ओभर ३ बलमा एक सय २१ रनमा अलआउट भयो । नेपालका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा भिम सार्कीले ३० रन बनाए भने कमल ऐरीले २२ तथा आसिफ शेखले १७ रनको योगदान गरे ।

यस्तै पवन सराफले १२ रन बनाउदा बाँकि खेलाडी एकोहोरो रुपमा आउट भए ।

बलिङ तर्फ भारतका पंकज यादव र सुभंग हग्डे तीन तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest