टेष्ट बरियतामा काेहली शिर्षस्थानमा कायमै

आईसीसीको टेस्ट क्रिकेटको ब्याट्सम्यानमा भारतीय कप्तान विराट कोहली शीर्ष स्थानमा यथावत रहेका छन् ।

इंग्ल्याण्डविरुद्ध पाँच टेस्ट श्रृंखला ४–१ ले गुमाए पनि कप्तान कोहली भने ब्याट्सम्यानको शीर्ष स्थानमा यथावत रहेका हुन् । इंग्ल्याण्डविरुद्ध ५९.३० ओ औसतमा कोहलले ५९३ रन बनाएका थिए ।

सिरीज शुरुहुनु पूर्व विराट दोस्रो स्थानका स्टीव स्मिथभन्दा २७ अंकले अगाडि थिए भने अब उनी जम्मा १ अंकले मात्रै अगाडि छन् ।

अब वेस्टइण्डिजविरुद्धको टेस्टमा कोहलीले उत्कृष्ट पारी नखेल शीर्ष स्थान गुम्ने खतरा भने रहेको छ । अहिले कोहलीले ९३० अंक जोड्दा स्मिथको ९२९ अंक छ ।

यसैगरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका एलेस्टर कुक टेस्ट वरियताको दशौं नम्बरमा रहेका छन् ।

आईसीसीले जारी गरेको वरियतामा इंग्ल्याण्डका जेम्स एन्डरसन वलिङ तर्फ शीर्ष स्थानमा रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest