३ कराेड ७० लाखमा हिमालयन टिभीले किन्याे पिपिएलकाे प्रशारण अधिकार

पोखरामा हुने पोखरा प्रिमियर लिगको आधिकारीक प्रशारण च्यानलका रुपमा हिमालयन टेलिभिजन भित्रिएको छ ।

पोखरा प्रिमियर लिगको प्रत्यक्ष प्रशारणका रुपमा हिमालयन टेलिभिजनसँग सम्झौता भएको छ । नयाँ ब्यवस्थापनका साथ अगाडी आएको हिमालयन टेलिभिजनले पहिलो पटक ठुलो क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने भएको हो । सम्झौता अनुरुप हिमालय टेलिभिजनले ३ बर्ष प्रशारण गरे बापत नगद र अन्य गरि ३ करोड ७० लाख रुपैयाँ प्रदान गर्नेछ। अधिकार बापत हिमालय टिभीले टेलिभिजन र सम्पूर्ण डिजिटल अधिकार प्राप्त गरेको छ।

कार्तिक नौ गतेबाट सुरु हुने प्रतियोगितामा छ टिमको सहभागिता रहनेछ । विभिन्न ब्यवसायीक घरानाको लगानी हुने प्रतियोगिताको मुख्य प्रायोजक तथा अन्य प्रायोजकसँग चाँडै सम्झौता हुने बताइएको छ ।

प्रतियोगितामा विदेशी खेलाडीका साथै स्थानिय खेलाडीले हरेक टिममा राख्ने ब्यवस्था गरिएको छ । यो प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको पनि प्रत्यक्ष संलग्नता रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest