मोइन अलिलाई ‘ओसामा’ भनेको बारे अनुसन्धान हुने

एसेज श्रृङ्खलामा इंग्ल्याण्डका अलराउण्डर मोइन अलिले आफुलाई ‘ओसामा’ भनिएको दाबी गरेपछि क्रिकेट अष्ट्रेलियाले अनुसन्धान गर्ने भएको छ ।

इंग्ल्याण्डमा सन् २०१५ मा आयोजना भएको एसेजमा उनलाई अष्ट्रेलियाली खेलाडीले ओसामा (विन लादेन) भनेर होच्याएका थिए । आफुलाई इश्लामिक आतंकवादी मोहम्मद विन लादेन भनेर नराम्रो चित्रण गरेको प्रति मोइन अलिले त्यसबेला केही कुरा गरेका थिएनन् । छिटै विमोचन हुने आत्मबृत्तान्तमा मोइन अलिले अष्ट्रेलियाली खेलाडीको ब्यवहारको सम्बन्धमा यस्तो कुरा लेखेका छन् । तीन वर्ष अघि कार्डियाफमा भएको एसेजमा उनले ७७ रन र पाँच विकेट लिँदै इंग्ल्याण्डलाई १६९ रनको जित दिलाएका थिए ।

यो कुरा सार्वजनिक भएपछि क्रिकेट अष्ट्रेलियाले खेलकुदसँगै सामजमा समेत यो कुरा असह्य हुने प्रतिक्रिया दिएको छ । ‘यो कुरालाई हामीले गम्भिर रुपमा लिएका छौं र इंग्ल्याण्ड क्रिकेट बोर्डसँगै हामी पनि अनुसन्धान गर्दैछौं,’ क्रिकेट अष्ट्रेलियाका एक जना प्रबक्ताले भने ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest