एशिया कप क्रिकेट अाजदेखि

एशिया कप क्रिकेट प्रतियोगिता आजदेखि युएईमा सुरु हुँदैछ । यस प्रतियोगितामा नेपाल छनोट चरणमा असफल भएको थियो ।

प्रतियोगितामा एशियाका पाँच टेष्ट मान्यता प्राप्त र छनोट चरणबाट सहभागी भएको हङकङसमेत गरी ६ टोलीको सहभागिता रहेको छ ।

आज युएईको शारजाहँ क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ सवा पाँच बजेदेखि सुरु हुने समूह बी मा रहेका अफगानिस्तान र बंगलादेशबीचको खेलसँगै एशिया कपको सुरुआत हुनेछ ।

एशिया कपको समूह ए मा भारत, पाकिस्तान र हङकङ छन् भने समूह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

दुवै समूहका विजेता र उपविजेताले अन्तिम चारमा स्थान बनाउनेछन् । चार टोलीबीच लिग खेल अन्तर्गत सबैले सबैसँग खेल्नेछन् । यो समूहको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest