एनसिएसएसद्वारा क्रिकेटर करण केसी एक लाख रूपैयाँ सहित सम्मानित

नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई एक लाख रूपैयाँ सहित सम्मान गरेको छ ।

उनलाई  एनसिएसएसले स्व. प्रमोद बज्राचार्य राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरेकाे हाे ।

नामिबियामा सम्पन्न डिभिजन टु मा क्यानडाबिरुद्ध नेपाललाई अविस्मरणीय जित दिलाएका करणकाे याेगदानकाे कदर गर्दै सम्मान गरेकाे हाे ।

त्यस्तै एनसिएसएसले प्रदेश नम्बर ४ का हरिबहादुर चाैहानलाई उदियमान खेलाडी स्वरुप २५ हजार र महेन्द्र गुरुङलाई उत्कृष्ट स्वंयम सेवकबाट सम्मानित गर्याे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest