यू-१९ एशिया कपमा नेपालकाे पहिलाे खेल भारतसँग

बंगलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कप प्रतियोगितामा नेपालले पहिलाे खेल भारतसँग खेल्ने भएकाे छ । एसीसीले अाज सार्वजनिक गरेकाे खेल तालिका अनुसार नेपाल समुह ‘ए’ मा परेकाे छ । 

मलेसियामा २०१७ नोभेम्बरमा सम्पन्न प्रतियोगिताको अघिल्लो संस्करणमा नेपालले भारतलाई पराजित गर्दै इतिहासमै पहिलो पटक सेमीफाइनलसम्मको यात्रा तय गरेको थियो। हाल नेपाल भारतमा अफगानिस्तान र भारतकाे ए र बी टिमसँग प्रतियाेगिता खेलिरहेकाे छ । 

प्रतियोगितामा ८ राष्ट्रहरु सहभागी हुनेछन् जसलाई २ वटा समुहमा बिभाजन गरिएको छ।समुह ‘ए’ मा नेपालसँगै  साविकको विजेता अफगानिस्तान, भारत र युएई रहेका छन्। यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्। 

२ वटा समुहबाट उत्कृस्ट २ हुने ४ टिमहरु सेमीफाईनल खेल्न छनौट हुनेछन्। अक्टोबर ४ र ५ तारिकमा सेमीफाईनल र अक्टोबर ७ तारिकमा फाईनल खेलिनेछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest