एशिया कपमा बंगलादेशकाे सानदार जित

एशीया कपको उद्घाटन खेलमा बंगलादेशले श्रीलङकालाइ एक सय ३७ रनको भारी अन्तरले पराजित गरेको छ ।

दुवइमा टस जितेर ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर तीन वलमा अल आउट हुदै दुइ सय ६१ रन बनाएको थियो । बंगलादेशको पारीमा मुस्फिकर रहिमले एक सय ४४ रनको शानदार पारी खेले । उनले एक सय ५० वलमा एघार चौका र चार छक्का प्रहार गरेका थिए । मोहम्मद मिथुनले ६३ रनको योगदान दिए ।

यी दुइले चौथो विकेटका लागि एक सय ३१ रनको साझेदारी गरेपछि बंगलादेशले सम्मानजनक योगफल बनाएको थियो । वलिङ तर्फ लासिथ मालिङगाले चार विकेट लिए । दुइ सय ६२ रनको लक्ष्य पछ्याएको श्रीलङका ३५ ओभर दुइ वलमा एक सय २४ रनमा अल आउट भयो ।

श्रीलङकाका कुनैपनि ब्याट्सम्यानले लामो पारी खेल्न सकेनन् उसका लागि दिलरुवान परेराले बनाएको २९ रननै सर्वाधिक स्कोर बन्न पुग्यो । उपुल थराङगाले २७, एंगेलो म्याथ्युजले १६ रन जोड्दा सुरुङगा लकमलले २० रन बनाए । बंगलादेशका मस्रफी मोर्ताजा, रहमान र मेहिदी हसन मिराजले दुइ दुइ विकेट लिए ।

प्रतियोगितामा आज हङकङ र पाकिस्तान बीच खेल हुनेछ । खेल नेपाली समय अनुसार बेलुका सवा पांच बजे सुरु हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest