यू-१९ क्रिकेटमा नेपालकाे कमजाेर ब्याटिङ

भारत र अफगानिस्तान सम्मिलित एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल अहिले अझगानिस्तानसँग खेलिरहेको छ ।

भारतको लखनउमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आज पनि सुरुवात राम्रो गर्न सकेन । लगातार दुई खेलमा हार ब्यहोर्दै प्रतियोगिताको फाइनल प्रवेशबाट बाहिरीसकेको नेपालले सात रन बनाउदा तीन विकेट खेर फाल्यो । सुरुवाती तीन खेलाडी त्रितराज दाश चार रनमा आउट भए भने आसिफ शेख तीन र अरुण ऐरीले खाता खोल्न पाएनन ।

त्यसपछि सन्दिप जोरा २८ रनमा आउट हुदा नेपालको स्कोर ५४ रनमा थियो । नेपालले स्कोरबोर्डमा अरु ६ रन थप्दा पाँचौ विकेट गुमायो । नेपालका लोकेश बाम १६ रनमा आउट भए । नेपालका कुनैपनि खेलाडी विच दरिलो साझेदारी हुन नसक्दा नेपालले ९० रनमा ६ विकेट गुमायो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest