नेपालले अफगानिस्तानलाई दियाे १९० रनकाे लक्ष्य

भारत र अफगानिस्तान सम्मिलित एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई एक सय ९० रनको लक्ष्य दिएको छ ।

भारतको लखनउमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल एक सय ४९ ओभर ३ बलमा ८९ रनमा अलआउट भयो । नेपालले आज पनि सुरुवात राम्रो गर्न सकेन । लगातार दुई खेलमा हार ब्यहोर्दै प्रतियोगिताको फाइनल प्रवेशबाट बाहिरीसकेको नेपालले सात रन बनाउदा तीन विकेट खेर फाल्यो । सुरुवाती तीन खेलाडी त्रितराज दाश चार रनमा आउट भए भने आसिफ शेख तीन र अरुण ऐरीले खाता खोल्न पाएनन ।

त्यसपछि सन्दिप जोरा २८ रनमा आउट हुदा नेपालको स्कोर ५४ रनमा थियो । नेपालले स्कोरबोर्डमा अरु ६ रन थप्दा पाँचौ विकेट गुमायो । नेपालका लोकेश बाम १६ रनमा आउट भए । नेपालका कुनैपनि खेलाडी विच दरिलो साझेदारी हुन नसक्दा नेपालले ९० रनमा ६ विकेट गुमायो । नेपालको विकेट झर्नेक्रम यतिमा रोकियन । एक सय १६ रन हुँदा नेपालका कमलसिंह ऐरी मात्र नौ रनमा पेभेलियन फर्किए ।

तर आठौ विकेटका लागि पवन सराफ र रासिद खानले ६५ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए । तर रासिद खान २४ रनमा आउट हुँदा नेपालले आठौ विकेट गुमायो । त्यसका लगत्तै किशोर महतो पनि पेभेलियन फर्किएपछि नेपालले नबौ विकेट खर फाल्यो । नेपालकालागि पवन सराफले उत्कृष्ट ब्याटिङ गर्दै अविजीत ७८ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest