एशिया कप क्रिकेटः पाकिस्तानद्वारा हङकङ ८ विकेटले पराजित

एसीसी एशिया कप अन्तर्गत पाकिस्तानले हङकङलाई ८ विकेटले हराएको छ ।

दुबईको अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३७ ओभर एक बलमा मात्र एक सय १६ रनमा अलआउट भयो । उपाधिको दावेदार विरुद्ध उत्रिएको हङकङका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा इजाज खानले सर्वाधिक २७ र बनाए भने किन्चित शाहले २६ रनको योगदान गरे ।

यस्तै कप्तान अन्सुमन साथले १९ र निजाकत खानले १३ रन थपे । पाकिस्तानको बलिङ सामु टिक्न नसकेको एसोसियट टिम हङकङले १७ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ४४ रन बनाउदा उसका ५ विकेट झरेका थिए । एकपछि अर्को विकेट गुमाएको हङकङको ब्याटिङलाई कमजोर पार्न उस्मान खानले तीन तथा हसन अली र सादाव खानले दुई दुई विकेट लिए ।

जवाफमा पाकिस्तानले २३ ओभर चार बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका लागि इमाम उल हकले ५० तथा बाबर आजमले ३३ र फकर जामनले २४ रन बनाए । प्रतियोगितामा आज अफगानिस्तान र श्रीलंका विच प्रतिस्पर्धा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest