आइसिसी बिश्व ट्वान्टी २० एसिया क्वालिफाइर ‘बि’ का लागि नेपाली टिमको प्रारम्भिक घोषणा

काठमाडौं – ३ अक्टुबर देखी मलेशियामा सुरु हुने आइसिसी बिश्व ट्वान्टी २० एसिया क्वालिफाइर ‘बि’ का लागी नेपाली टोलीको प्रारम्भिक घोषणा भएको छ ।

१८ खेलाडीहरु रहेको उक्त सुचिमा चोट बाट फर्किएका शरद भेषवाकर पनि पर्न सफल भएका छन । नेदरल्यान्डस सँगको पहिलो एक दिबसिय खेल्दा दाहिने हातको औंलाको फ्राक्चरका कारण टिम बाट बाहिरिएका भेषवाकर टिममा फर्किएका छन ।

प्रारम्भिक टिममा एसिया कप क्वालिफाइर्स खेलेका पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, आरिफ शेख, सागर पुन, सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन ।

प्रदीप ऐरी, साहब आलम, दिपेश श्रेष्ठ र सुनिल धमलाले अन्तिम १८ मा स्थान पाएका छन भने विकेट कीपर सुबाश खकुरेल बाहिरिएका छन ।

नेपाली टिम बाट खेलिरहेका युवा खेलाडी रोहित कुमार पौडेललाई आउँदो एसिसी यु-१९ एसिया कपको तयारीका लागि अन्तिम १८ बाट झिकाइएको छ ।

टिमको चयन कप्तान पारस खड्का, प्रशिक्षक जगत टमटा र आइसिसी प्रतिनिधि अमिनुल ईस्लामले गरेका हुन । आइसिसी प्रतियोगिताको तयारीका लागी सेप्टेम्बर २० बाट काठमाडौंमा क्याम्प सुरु हुनेछ र त्यसको लगत्तै अन्तिम १४ को घोषणा गरिनेछ ।

नेपालले म्यान्मार सँग ३ अक्टुबरमा पहिलो खेल खेल्नेछ । दोस्रो खेल मलेशिया सँग ६ अक्टुबरमा खेल्ने छ भने ७ मा थाइल्यान्ड सँग र अक्टुबर ९ मा भुटान सँग खेल्नेछ । एस्तै गरी १० अक्टुबरमा चिन सँग र अन्तिम खेल सिङापुर सँग १२ अक्टुबरमा खेल्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest