एसिया कप: भारत द्वारा पाकिस्तान ८ विकेटले पराजित

युएईमा जारी एसिया कप प्रतियोगिता अन्तर्गत हिजो खेलिएको भारत र पाकिस्तानको रोमान्चक एक दिबसिय खेलमा भारत ८ विकेटले विजयी भएको छ । यो जित सँगै भारतले समुह ‘ए’ को बिजेता बन्दै सुपर-४ मा प्रबेश गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले केबल १६२ रन मात्र जोड्न सफल भयो । केदार जाधव र भुवनेश्वर कुमारको उत्कृष्ट बलिङको मद्दतले पाकिस्तान ४३.१ ओवर मै धरासिएको थियो । दुबैले ३-३ विकेट लिन सफल भए भने जस्प्रित बुम्राहले २ विकेट लिए । पाकिस्तानका लागि बाबार अजमले सर्बाधिक ४७ रन जोडेका थिए ।

जवाफमा भारतले २ विकेट गुमाउदै २९ ओवरमा खेल आफ्नो पक्षमा पार्यो । उसका लागी रोहित शर्माले सर्बाधिक ५२ रन बनाएका थिए । यता हङ्कङ बिरुद्द सतक बनाएका शिखर धवनले ४६ रनको योग्दान दिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest