पिपिएलका लागि खेलाडी दर्ता सुरू

आगामी कार्तिक नौ गतेबाट आयोजना हुने पोखरा प्रिमियर लिगका लागि खेलाडी दर्ता शुरु भएको छ ।

कार्तिकमा पाेखरामा हुँने प्रतियाेगिताका लागि अायाेजक क्विन्स इभेन्टसले अाफ्नाे आधिकारिक बेबसाईट ppl-t20.com मार्फत खेलाडी दर्ता गर्न सक्ने प्रावधान बनाएकाे छ । जसका लागि खेलाडीले एक हजार दर्ता शुल्क पनि तिर्न पर्नेछ । खेलाडीले असोज नौ गते सम्म नाम दर्ता गर्न पाउनेछन ।

पिपिएलले खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन वर्गमा विभाजन गरेको छ । जसमा क्याप्ड सिनियरमा राष्ट्रिय क्रिकेट टोलीबाट प्रतिनिधित्व गर्ने खेलाडी छन् भने क्याप्ड एज लेभलमा नेपालबाट उमेर समुहमा परेका खेलाडी हुनेछन । त्यस्तै अनक्याप्डमा क्याप्ड एज लेभल र अनक्याप्डमा रहेका बाहेकका खेलाडी रहने छन् ।

क्याप्ड सिनियर र क्याप्ड एज लेभल खेलाडीको शुरुवाती मुल्य (बेस प्राइस) ५० हजार राखिएकाे छ । अनक्याप्ड प्लेयरको ३० हजार छ भने क्याप्ड सिनियरको अधिकतम मुल्य दुई लाख ५० हजार, क्याप्ड एज लेभलको एक लाख ५० हजार तथा अनक्याप्ड खेलाडीको एक लाख राखिएको छ ।

छ टोलीको सहभागिता रहने प्रतियोगितामा एक टोलीले कम्तिमा १५ र अधिक्तम १८ जना सम्म खेलाडी राख्न पाउने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest