दिल्शान फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने

श्रीलंकका ओपनर ब्याट्सम्यान तिलकरत्ने दिल्शानले फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने संकेत गरेका छन् । पछिल्लो समय श्रीलंकाको क्रिकेट टिमको खराब फर्ममा रहेको भन्दै दिल्शानले अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कने संकेत गरेका हुन् ।

तर कहिले फर्कने भन्ने कुरा भने उनले खुलाएका छैनन् । पहिला पनि उनले सन् २०१९ को विश्वकप पछि सन्यास लिने बताइए पनि ब्यक्तिगत कारण देखाउँदै सन्यासको घोषणा गरेका थिए ।

डेली मिररका अनुसार यदि श्रीलंकाको खेलकूद मन्त्रालयले आग्रह गरेमा क्रिकेटमा फर्कन आपूm तयार रहेको बताएका थिए । उनले भने ‘अहिले पनि डोमेस्टिक क्रिकेट खेलि रहेको छु, यदि सरकारले आग्रह गर्छ भने मलाई अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कन कुनै समस्या छैन ।’

२०१६ मा सन्यास लिएका दिल्शानले ३३० एकदिवसीय खेल्दै १० हजार २९० रन बनाएका छन् । त्यसमा २२ शतक र ४७ अर्ध शतक पनि समावेश छ । अन्तर्राष्ट्रिय क्रिकेटमा सन् १९९९ मा डेब्यु गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest