टी–२० विश्वकप छनौटमा स्थान बनाउने नेपालकाे लक्ष्य, टिम अभ्यासमा ब्यस्त

टी–२० विश्वकप छनौट अन्तर्गत इस्टर्न सब रिजनको प्रतियोगिताका लागि नेपाली टिम यतिबेला तयारीमा ब्यस्त रहेको छ । मलेसियामा हुने प्रतियोगिताका लागि पहिलो चरणको बन्द प्रशिक्षणमा १८ जना खेलाडी छन ।

मलेसियामै अघिल्लो महिना भएको एशीया कपम छनौटमा नेपालले अपेक्षाकृत प्रदर्शन गर्न सकेन् । त्यसको असर अहिले पनि खेलाडीमा कायमै छ । खराब नतिजाको असर बाट माथि उठ्दै अर्को चुनौतीको सामना गर्न खेलाडीलाई मानसिक रुपमा तयार पार्नु बन्द प्रशिक्षणको पहिलो लक्ष्य हो ।

क्षेत्रीय छनौटमा नेपालका प्रतिद्धन्दी तुलनात्मक रुपमा कमजोर छन । तर कुनैपनि टिमलाई कम आक्न नमिल्ने ज्ञानेन्द्र मल्लको भनाइ छ । यो प्रतियोगिता नेपालका लागि कमजोरी सुधार गर्दै आत्मविश्वास फर्काउने राम्रो अवसर पनि हो ।

शुक्रबार देखी अभ्यासमा ब्यस्त बनेका खेलाडी यो प्रतियोगितामा सहज रुपमा छनोट हुने सोचाईमा छन । यसपटक टिममा औलाको चोटका कारण एशीया कप छनौट गुमाएका शरद भेषावकर पनि टिममा फर्किएका छन ।

असोज १७ गते देखी सुरु हुने छनौट खेलमा नेपालले सिंगापुर, मलेसिया, भुटान, चीन म्यानमार र थाइल्यान्ड संग खेल्नेछ । शीर्ष तीन टिमले अर्को वर्ष हुने एशीया क्वालिफायरमा स्थान बनाउनेछन ।

१८ सदस्यीय नेपाली टिम

पारस खड्का कप्तान, अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरि, सागर पुन, सन्दिप लामिछाने, शाहब आलम, शरद भेसावकर, सोमपाल कामि, सुनिल धमला

नेपालको खेल तालिका :

पहिलो खेल : vs म्यान्मार, अक्टोबर ३ (किनरारा ओभल)
दोस्रो खेल : vs मलेसिया, अक्टोबर ६ (किनरारा ओभल)
तेस्रो खेल : vs थाइल्याण्ड, अक्टोबर ७ (किनरारा ओभल)
चौथो खेल : vs भुटान, अक्टोबर ९ (बायुमास ओभल)
पाँचौ खेल : vs चाइना, अक्टोबर १० (किनरारा ओभल)
छैठौं खेल : vs सिंगापुर, अक्टोबर १२ (किनरारा ओभल)

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest