एशिया कप क्रिकेटः भारतकाे लगातार दाेस्राे जित

एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको दोस्रो खेलमा पनि भारत विजयी भएको छ । गएराति भएको खेलमा पाकिस्तानमाथि ९ विकेटको जित दर्ता गर्दै भारत ४ अंक सहित शीर्ष स्थानमा छ ।

पहिलो खेलमा भारतले बंगलादेशलाई पराजित गरेको थियो । गएरातिको जितसँगै भारत फाइनलमा पनि पुगेको छ । युएईको दुबईमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धातिर ओभरमा ७ विकेट गुमाएर २३७ रन बनाएको थियो । २३८ रनको लक्ष्य भारतले ३९.३ ओभरमा मात्र एक विकेट गुमाएर भेटाएको थियो ।

भारतलाई जिताउन शिखर धवन र कप्तान रोहित शर्माले २१० रनको ओपनिङ साझेदारी गरेका थिए । शिखरले ११४ रन बनाउँदा कप्तान रोहित १११ रनमा नट आउट रहे ।

यसैगरी अम्वाती रायडु १८ रनमा नट आउट रहे । शिखर धवनको करियरको २६औं तथा एसिया कपको दोस्रो शतक हो । यसैगरी रोहितले १९ औं तथा एसिया कपमा पहिलो शतक बनाएका छन् ।

शुरुमै जिवन दान पाएका रोहितले त्यसको पुरै फाइदा उठाउँदै एकदिवसीय क्रिकेटमा ७ हजार रन पनि पुरा गरेका छन् । एसिया कपको अन्तिम सुपर फोरको खेल मंगलबार हुने छ । त्यसमा भारतले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest