श्रीलंकन क्रिकेटमा १५ महिनामा ५ अाैं कप्तान परिवर्तन

श्रीलंकन राष्ट्रिय क्रिकेट टिमको छनोटकर्ताले कप्तान एन्जेलो म्याथ्युजलाई सो पदबाट हटाएका छन ।

१० महिना अगाडी श्रीलंकाको कप्तानीको जिम्मेवारी पाएका म्याथ्युजले छनोटकर्ताले कप्तानीबाट हटाएका हुन । उनको स्थानमा टेष्ट क्रिकेटका कप्तान दिनेश चन्डिमललाई जिम्मेवारी दिइएको छ । एशिया कपमा निकै खराव प्रदर्शन गरेपछि समर्थकको आलोचनाको पात्र बनेका म्याथ्युजलाई छनोटकर्ताले कप्तान छोड्न दबाव दिएपनि उनी राजी भएका हुन ।

एशिया कपका श्रीलंका पहिलो चरणबाट नै बाहिरीएको थियो । गत अक्टोबरबाट टेष्ट टिमको कप्तानी पाएका दिनेशको टेष्ट क्रिकेटमा राम्रो रेकर्ड भएकाले उनलाई एकदिवसियको पनि कप्तानी दिएको हो । तर पछिल्लो दुई बर्षदेखि उनको एकदिवसिय खेलमा ब्याटिङ भने निकै खराव रहेको छ ।

एकदिवसिय क्रिकेटमा श्रीलंकालाई कप्तानीको ठुलो खडेरी जस्तै लागेको छ । पछिल्लो १८ महिनामा ५ वटा कप्तान परिवर्तन गरिएको छ । जसमा उपल थरंगा, लसिथ मालिंगा, चामारा, थिसारा परेरा र अहिले आएर एञ्जेलो म्याथ्युज छन ।
२०१७ मा श्रीलंकन टिमले खेलका ४० एकदिवसिय खेलमा ३० मा हार ब्यहोरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest