तलब नपाएकाे भन्दै जिम्बावे प्रशिक्षक स्ट्रिकद्वारा अदालतमा मुद्दा, बाेर्ड नै खारेज गर्नुपर्ने माग

जिम्बावे क्रिकेट टिमका पूर्व प्रशिक्षक हिथ स्ट्रिकले आफुले क्रिकेट बोर्डबाट पाउने तलव नपाएको भन्दो बोर्ड नै खारेज गर्न अदालतमा निवदेन दिएका छन ।

क्रिकेट सम्बन्धी वेबसाई क्रिकइन्फोले जनाए अनुसार स्ट्रिकले सेप्टेम्बर २० तारिखमा हरारेको उच्च अदालतमा ८ पेज लामो निवेदन सहित कोर्टमा अपिल गरेका छन । उनले विश्वकपमा कमजोर प्रदर्शन पछि बोर्डले आफ्नो सबै प्रशिक्षक स्टाफरलाई बोर्डले बर्खास्त गरेर अनाधिकृत रुपमा आफुलाई पनि हटाउन खोजेको आरोप लगाएका छन ।

उनले बोर्ड गैर जिम्मेबार रुपमा चलिरहेको र खेलाडी र प्रशिक्षकको तलव नदिएको भन्दै बोर्ड नै खारेज गर्न अपिल गरेका हुन । स्ट्रिकले बोर्डबाट मुख्य प्रशिक्षकका रुपमा पाउनुपर्ने एक लाख २८ हजार ७६२ अमेरीकी डलर नपाएको उल्लेख गरेका छन । साथै उनले आफ्नो प्रशिक्षक स्टाफमा ब्याटिङ कोच लान्स कुल्सनेरले ११ हजार ७५७, फिटनेस ट्रेनर सियन बलले ४३ हजार ९९९ र ए टिमको सहायक प्रशिक्षक वायन जेम्सले १४ हजार १७५ अमेरीकी डलर अझै नपाएको बताएका छन ।

यसअघि पनि खेलाडीले बोर्डबाट समयमा तलब नपाएको र प्रशिक्षण सुविधा पनि नपाएको भन्दै कोर्टमा पुगेका थिए । कोर्टको निर्णयपछि बोर्डले खेलाडीलाई सबै उपलब्ध गराएको थियो । स्ट्रिकले पनि यसपटक तिनै वकिललाई समातेका छन जसले खेलाडीको केस लडेका थिए । अब स्ट्रिक यो कदमले जिम्बावे क्रिकेट बोर्ड झन समस्यामा पर्ने अनुमान लगाइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest