‘अाेसामा’ भनेकाे प्रमाण नपुग्दा माेइन अलीकाे केस बन्द

इंग्लिस क्रिकेटर मोइन अलीलाई अष्ट्रेलियाका खेलाडीले ‘ओसामा’ भन्दै जिस्काएको बिषयमा गरिरहेको अनुसन्धानलाइ क्रिकेट अष्ट्रेलियाले बन्द गरेको छ । अलीलाई ‘ओसामा’ भन्दै जिस्काएको बिषयमा प्रमाण नपुगेपछि क्रिकेट अष्ट्रेलियाले अनुसन्धान बन्द गरेको हो ।

सन् २०१५ को एसेज क्रिकेट सिरिजको दौरान अलराउन्डर अलीलाई अष्ट्रेलियाका खेलाडीले ‘ओसामा’ उपनामले बोलाएका थिए । अलीले यो कुराको खुलासा आफ्नो आउन लागेको बायोग्राफीबाट खुलासा गरेका हुन् । इंग्ल्यान्डमा भएको उक्त एसेज क्रिकेट सिरिज घरेलु टोलीले ३ – २ ले जितेको थियो ।

३१ बर्षीय अलीले आफ्नो बायोग्राफीमा एसेजको दौरान अष्ट्रेलियन खेलाडीले ‘ओसामा’ आतंकवादी समूह अलकायदाका नेता ओसामा बिन लादेनसंग तुलना गर्दै जिस्काएको बताएपछि क्रिकेट अष्ट्रेलियाले अनुसन्धान थालेको थियो ।

क्रिकेट अष्ट्रेलिया यस बिषयमा पहिले नै अनुसन्धान भएको जनाएको छ । क्रिकेट अष्ट्रेलियाले भनेका छन्, ‘हामीले इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डसंग छलफल गर्यौं । र, यो बिषयमा समयमै अनुसन्धान भएको पक्का भएको छ ।’

अलीले बायोग्राफीमा भनेका थिए, ‘एक अष्ट्रेलियन खेलाडीले मैदानमा मलाई हेर्दै ‘ओसामा’ लाई आउट गर भन्यो । मैले जे सुनिरहेको थिए, मलाई विश्वास गर्नै गार्हो भएको थियो ।’

तर, क्रिकेट अष्ट्रेलियाले यस बिषयमा प्रयाप्त प्रमाण प्राप्त गर्न नसकेको बताएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest