टी-१० क्रिकेटमा सन्दिप लामिछानेले केरला किंग्सबाट खेल्ने

सन्दिप लामिछानेले टी टेन क्रिकेट पनि खेल्ने भएका छन् । उनी डिफेन्डिङ च्याम्पियन केरला किंग्सबाट खेल्ने पक्का भएको छ । नोभेम्बरमा युएईको सारजाह क्रिकेट मैदानमा हुने टी टेन क्रिकेट प्रतियोगितामा ८ टिमको सहभागिता रहने छ ।

सन्दिपको टिममा इयान मोर्गन कप्तान रहेका छन् भने क्रिस गेल, सोयव तनबीर, किरन पोलार्ड, पल स्र्टलिङ, दासुन संखा, जुनेद खान र टम कुरान पनि रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिइसकेको यस प्रतियोगिता दोस्रो संकरण हो ।

पहिलो पटक ४ दिनमा सकिएको टी टेन क्रिकेट दोस्रो संस्करण सकिन १० दिन लाग्ने छ । गत बर्ष भएको प्रतियोगितामा केरला किंग्सले उपाधि जितेको थियो भने त्यतिबेला जम्मा ६ टिमले सहभागिता जनाएका थिए ।

यस बर्ष आयोजना हुने टी टेन क्रिकेटमा ८ टिमले सहभागिता जनाउँदैछन् । राउण्ड रोविन लिग प्रणाली र प्लेअफ गरी १३ खेलबाट उपाधिको छिनोफानो हुने छ । अब शुरुहुने सिजनमा डिफेन्डिङ च्याम्पियन केरला किंग्स, मार्था अरेबियन, पाख्तुन टिम, पञ्जाब लेजेन्ड्स, कराँची, बंगाल टाइगर्स, नर्थन वारियर्स र राजपुतले सहभागीता जनाउने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest