एशिया कप सुपर फाेरमा भारत र अफगानिस्तान भिड्दै

एसिया कप क्रिकेटको सुपर फोरको आफ्नो अन्तिम खेलमा आज भारत र अफगानिस्तान भिड्दैछन् ।

नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे दुवईमा खेल हुने छ । भारत र अफगानिस्तान यसभन्दा अगाडी एक पटक मात्रै भिडेका छन् । जारी एसिया कपको समूह चरणका उत्कृष्ट प्रदर्शन गर्दै श्रीलंका र बंगलादेशलाई पराजित गरेको अफगानिस्तान सुपर फोरको खेलमा भने जीत हात पार्न सकेको छैन् ।

सुपर फोरमा पाकिस्तान र बंगलादेशसँग पराजित भए पछि अफगानिस्तानको फाइनलमा पुग्ने सम्भावना सकिएको छ । भारत यसअघिनै सुपर फोरका दुवै खेलमा विजयीहुँदै फाइनलमा पुगिसकेकाले आजको खेलको नतिजाले फाइनल समिकरणमा कुनै फेरवदल हुने छैन् ।

भारतसँग भोलि हुने पाकिस्तान र बंगलादेशको विजेताले फाइनलमा प्रतिस्पर्धा गर्ने छ ।
भारत र अफगानिस्तान यसअघि सन् २०१४ मा बंगलादेशको ढाकामा खेलेका थिए । जसमा भारत ८ विकेटले विजयी भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest