यू-१९ एशिया कपमा नेपालकाे लक्ष्य सेमिफाइनल

एसिया कपको लागि बलियो टिम बनाउने लक्ष्यका साथ अण्डर नाइन्टिन क्रिकेट टोली गत महिना मैत्रीपुर्ण सिरिजमा सहभागिता जनाएर फर्किएको टोली प्रशिक्षणमा ब्यस्त छ । टोलीमा सिनीएर टिमका रोहित कुमार पौडेल पनि फर्किएका छन् । नेपालको पहिलो लक्ष्य सेमीफाइनलसम्म पुग्ने हुनेछ ।

केही दिन अघि मात्र एसिया कपको तयारीको लागि १० दिने इन्डिया टुरबाट स्वदेश फकिर्एका अन्डर नाइन्टिन क्रिकेट टोली अहिले एसियाकपको तिब्र तयारी गरिरहेका छन् । टोली भारतको निमन्त्रणामा मैत्रीपुर्ण सिरिजको लागि त्यहाँ पुगेको थियो । अफ्गानिस्तान र भारतको अण्डर नाइन्टिन टिम र नेशनल क्रिकेट एकेडेमीले सहभागिता जनाएका थिए ।

नेपालले चार खेल मध्य तिन खेलमा जित हात पारेको थियो । प्रतियोगितामा नव प्रवेशी खेलाडीहरुले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । बंग्लादेशमा हुने एक साता पछि हुने एसियाकपको लागि बलियो टिम निर्माण गर्ने लक्ष्यका साथ भारतको मैत्रीपुर्ण सिरिजमा टोलीले सहभागिता जनाएको थियो ।

सोही प्रदर्शनका आधारमा टिममा केही फेरबदल आउने बताइएको छ । एसियाकप नेपालको लागि चुनौतीसँगै अवसर रहेको प्रशिक्षक दासको भनाई छ ।

सिनीएर टिममा अलराण्डरको भुमिकामा देखिँदै आएका रोहित कुमार पौडेल पनि टिममा पुन टिममा फर्किएका छन् । उनको सिनियर टिमसँगको अनुभवले टिमको लागि प्लस पोइन्ट हुने आशा गरिएको छ ।

एसियाकपको लागि टोलीको घोषणा केही दिनमै हुनेछ । प्रतियोगितामा नेपालसँगै आयोजक बंग्लादेश, भारत, पाकिस्तान, श्रीलंका, अफगनानिस्तान , हङकङ र युएइ गरि ८ राष्ट्र सो प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest