एशिया कप क्रिकेटः भारत विरूद्द सहजादकाे सतक

अफगानिस्तानका ओपनर ब्याटस्म्यान मोहम्मद सहजादले भारत विरुद्धको एकदिवसिय खेलमा सतक प्रहार गरेका छन । एशिया कप अन्तर्गत सुपर फोरको पाँचौ खेलमा सहजादले विस्फोटक सतक प्रहार गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । तर त्यसपछि सहजादले एकोहोरो रुपमा खेल्दा अर्को तिर लगातार विकेट झर्यो । जसमा उसले एक सय ३२ रन बनाउदा ५ विकेट गुमायो ।

तर ओपनर सहजाद क्रिजमा डटेर खेल्दै सतक बनाए । उनले ८८ बलमा सतक प्रहार गरे । तर एक खेलाडीले सतक बनाउदा टिमको स्कोर कम हुने सन् २००१ पछि अफगानिस्तान पहिलो टिम हो ।

उसले सन् २००५ मा पाकिस्तानले बनाएको एक सय १३१ रनको कम स्कोरको रेकर्ड बराबरी गर्यो । यो क्रममा सहजादले १० चौका र ७ छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest