एशिया कप क्रिकेटः अफगानिस्तानले भारतलाइ बराबरीमा राेक्याे

एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा भारत र अफागानिस्तान बराबरमा रोकिएका छन् । पहिला ब्याटिङ गर्दै अफगानिस्तानले भारतलाई २५३ रनको लक्ष्य दिएको छ ।

अफगानिस्तानका मोहम्मद शहजादले १२४ तथा मोहम्मद नबीको ६४ रनको मद्दतले अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । तर भारत ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५२ रनमै रोकिएपछि खेल बराबरीमा सकिएको हो । भातरले अन्तिम ओभरमा जित्नका लागि ७ रनको आवश्यकता रहेको थियो भने उसँग जम्मा १ विकेट सुरक्षित थियो ।

तर अन्तिम ओभरमा बलिङ गर्न आएका राशिद खानले ६रन दिएर रबीन्द्र जडेजाको विकेट लिएपछि भारत २५२ रनमै रोकियो । ७ रन चाहिएका बेला जडेजाले दोस्रो बलमा चौका प्रहार गर्दै भारतलाई जित नजिक लगेका थिए ।

तेस्रो बलमा एक रन लिँएपछि खालील अहमदले चौथो बलमा एक रन लिएका थिए । अन्तिम दुई बलमा १ रन बनाउँन भारत असफल भयो ।

भारतका जडेजा पाँचौ बलमा क्याच आउट भएपछि खेल बराबरीमा टुंग्याउँदै अफगानिस्तानले एसिया कपलाई सम्झन लायक बनाएको हो । भारत यसअघिनै फाइनल पुगि सकेको छ भने अफगानिस्तान प्रतियोगिबाट बाहिरिएको छ । अब शुक्रबार भारतले उपाधिका लागि बंगलादेश र पाकिस्तानको विजेतासँग प्रतस्पर्धा गर्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest