एशिया कपकाे फाइनल प्रवेशकालागि पाकिस्तान र बंगलादेश भिड्दै

युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि पाकिस्तान बंगलादेश आज भिड्दैछन् । नेपाली समय अनुसार अपरान्ह सवा ५ बजे शुरु हुने खेलको विजेताले शुक्रबार भारतसँग उपाधि भिडन्त गर्ने छ ।

पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फरम्याटमा खेलाइएको हो । जस अनुसार सुपर फोरमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान भिडेका थिए ।

भारतले पाकिस्तान र बंगलादेशलाई पराजित गर्दै र अफगानिस्तानसँग बराबरी खेल्दै फाइनलमा स्थान सुरक्षीत गरिसकेको छ । यसैगरी अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ भने आज पाकिस्तान र बंगलादेश भिड्दैछन् ।

सुपर फोरको खेलमा पाकिस्तान र बंगलादेशले अफगानिस्तानलाई पराजित गरेका थिए भने भारतसँग दुवै टिम पराजित भएका थिए । त्यसैले पाकिस्तान र बंगलादेशको २–२ अंक रहेकाले आजको विजेता फाइनल पुग्ने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest