नयाँ भुमिकामा अघि बढ्दै शक्ति गाैचन

नेपाली क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गाैचनले हुनत अाधिकारीक रूपमा खेलाडी जीवनबाट सन्यासकाे घाेषणा गरिसकेका छैनन । तर पनि उनी नयाँ भुमिकामा क्रिकेटमा लागेका छन, त्याे हाे टिम म्यानेजर । नेदरल्याण्डस विरूद्दकाे खेलपछि सन्यासकाे उचित समय पर्खिरहेका शक्ति यतिबेला यू-१९ टिमकाे म्यानेजरका रूपमा बंगलादेश छन ।

के अब साच्चिकै शक्तिले क्रिकेटबाट बाइबाइ भनेका हुन त भन्ने प्रश्र खडा भएकाे छ । कारण उनले अंगालेकाे नयाँ भुमिका, यसअघि जुनियर र सिनियर दुबै टिमकाे म्यानेजरका रूपमा रमन सिवाकाेटी रहँदै अाएक थिए ।

तर यसपटक यू-१९ टिमले नयाँ म्यानेजर पाएकाे छ । यसपटककाे युवा टिममा तीन जना पूर्व खेलाडीले नेतृत्व लिएका छन । बिनाेद दाश प्रशिक्षकमा छन भने मनाेज कटुवाल सहायक प्रशिक्षक र गाैचन म्यानेजर ।

टिम म्यानेजरको जिम्मेवारी ?

क्रिकेट टिमको म्यानेजरले टिमसंग ब्यबस्थापन पक्षको समन्वय गर्ने मात्र नभइ खेलाडीको विदेश भ्रमणको तयारी, ब्यबस्थापन र टिम बीचको समन्वयकाे भुमिका, आर्थिक ब्यबस्थापन, मिडिया ब्यबस्थापन, टिम अनुशासन लगायतका काम गर्छ ।

सन् २००२ मा ओमानसंग राष्ट्रिय टिममा डेब्यु गरेपछि १६ बर्ष नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी लगाएका गौचन अन्तर्रास्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो नेपाली पुरुष खेलाडी हुन्। नेपाली टिमलाई डिभिजन-५ हुँदै एकदिवसीय राष्ट्रको मान्यता सम्म अहम योगदान दिएका छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest