पाेखरा प्रिमियर लिगकालागि टिम मालिक र मार्की खेलाडीकाे खुलासा

पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगमा सहभागि ६ टिमका मालिक र मार्की खेलाडीको घोषणा भोली गरिने भएको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनमा कार्तिक नौ गते देखि सुरु हुने प्रतियोगितामा देशका विभिन्न कर्पोरेटहाउसले टिम किनेका छन । जसका लागि ६ जना राष्ट्रिय खेलाडीलाई मार्की खेलाडी राखिएको छ ।

पिपिएलका लागि खेलाडी दर्ता खुलिसकेको छ भने टिमले विदेशी खेलाडी अनुबन्धका लागि पनि पहल गरिरहेको छ । तर त्यसका लागि टिमहरुले आन्तरीक रुपमा प्रक्रिया अगाडी बढाएका छन । घरेलु खेलाडी अनुबन्धका लागि पिपिएल आयोजकले तीन श्रेणीमा खेलाडी विभाजन गरिएको छ । जसमा क्याप्ड सिनियर, क्याप्ड एज लेभल, अनक्याप्ड गरेर राखिएको छ ।

पिपिएलमा एक टिमले न्युनतम १५ र अधिकतम १८ खेलाडी अनुबन्ध गर्न पाउनेछ । प्रतियोगिताको अक्सन पनि चाँडै हुने बताइएको छ । न्युनतम १० खेलाडी अक्सनबाट, दुई जना विदेशी र दुई जना स्थानीय खेलाडी राख्नु पर्नेछ ।

खेलाडी दर्ताको मिती गएराति सकिएको छ । खेलाडी दर्ता दुई तरिकाले गरेको छ । एउटा एक्टिभ विधा छ भने अर्को इनएक्टिभ विधा राखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest