नेपाली टिम यू-१९ एशिया कपका लागि बंगलादेश प्रस्थान

एसीसी यू–१९ एशिया कपका लागि नेपाली टिम बंगलादेश प्रस्थान गर्दैछ । अघिल्लो संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गरेको नेपालले यसपटकको प्रतियोगिताको पहिलो खेलमा नै भारतसँग खेल्नेछ ।

बंगलादेश जाने नेपाली युवा टिमलाई नेपालमा आइसीसीको प्रतिनिधित्व गरिरहेकी भावना घिमिरले लगायतले विदाई गरे । नेपाली टिमका प्रशिक्षक विनोद दाशले यसपटक टिमले तयारी राम्रो गरेको तर ब्याटिङमा विशेष ध्यान दिन आवश्यक रहेको छ । साथै उनले नेपालको पहिलो लक्ष्य सेमिफाइलनसम्म पुग्नु रहेको बताए ।

तर नेपाली टिमको ब्याटिङमा अझै केहि समस्या रहेको र भारत टुरमा नेपाली टिमले २०० रन कटाउन नसकेकाले ब्याटिङ राम्रो गर्न सकेमा बलिङ हाम्रो उत्कृष्ट रहेको दाशको भनाई थियो ।

भारत अफगानिस्तान, युएई रहेको समुह ए मा परेको नेपालले पहिलो खेल भारत, दोस्रो अफगानिस्तान र तेस्रो युएईसँग खेल्नेछ ।

अघिल्लो संस्करणमा भारतलाई पराजित गर्दै सनसनी मच्चाएको नेपाली टिमले यसपटक रोहित पौडेलमाथि ठुलो भर गरेको छ । राष्ट्रिय टिमबाट पनि खेलिसकेका रोहितको आगमनले टिमलाई अझ मनोबल बढेको प्रशिक्षक दाशले पनि बताए । नेपाली टिम आजै बंगालादेश पुग्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest