पिपिएलका टिम र मार्की खेलाडी सार्वजनिक, यस्ता छन नाम र खेलाडी

यहि कार्तीक महिनामा हुने पोखरा प्रिमियर लिगमा सहभागि ६ टिमका मालिक र मार्की खेलाडी सार्वजनिक गरिएको छ । पिपिएलका टिमको नाम र मार्की खेलाडी यस्ता छन ।

बुटवल ब्लास्टर्समा सोमपाल कार्मी मार्की खेलाडी रहेका छन भने टिमका मालिक नरेश गौतम छन । यस्तै चितवन राइनोजका मार्की खेलाडीमा कप्तान पारस खड्का रहेका छन भने टिमका ओनर रेसम रावल महरा छन ।
यस्तै विराटनगर टाइटन्सले सन्दिप लामिछानेलाई मार्की खेलाडी पाएको छ । यो टिमका मालिक पारस लुनीया छन ।

काठमाडौ रोयल्सले ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडी पाएको छ । यस्तै विनायक पोखरेलको ओनरसिपमा रहेको पोखरा पल्टनको मार्की खेलाडी शरद भेषवाकर रहेका छन । यस्तै धनगढी ब्लुजले दिपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडी राखेको छ ।

टिम मार्की खेलाडी
बुटवल ब्लास्टर्स सोमपाल कामी
चितवन राइनोज पारस खड्का
विराटनगर टाइटन्स सन्दिप लामिछाने
काठमाडौं रोयल्स ज्ञानेन्द्र मल्ल
पोखरा पल्टन शरद भेषवाकर
धनगढी ब्लुज दिपेन्द्र ऐरी

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest