एशिया कप क्रिकेटकाे उपाधिका लागि भारत र बंगलादेश भिड्दै

एशिया कप क्रिकेटको उपाधिका लागि आज भारत र बंगलादेश विच प्रतिस्पर्धा हुदैछ । युएइमा हुने खेल नेपाली समय अनुसार साझ सवा ५ बजेबाट सुरु हुनेछ ।

यो प्रतियोगितामा अपराजित रहेको भारत र पाकिस्तानलाई पाखा लगाउदै फाइनलमा पुगेको बंगलादेश विचको फाइनल खेल कमैले आशा गरेका थिए । धेरैले भारत र पाकिस्तान फाइनलमा पुग्नसक्ने अनुमान लगाएका थिए ।

तर सुपर फोरको अन्तिम खेलमा बंगलादेशले डु ओर डाइको अवस्थामा पाकिस्तानलाई पाखा लगाउदै फाइनलमा स्थान बनाउन सफल भयो । पछिल्ला ४ संस्करणमा तेस्रो पटक फाइनलमा पुगेको बंगलादेशलाई खेलाडीको चोटले सताएको छ । उसका भरपर्दा अलराउण्डर सकिव अल हसन चोटका कारण घर फर्किएका छन ।

यस्तै महमुदुल्लाह र मोहम्मद मिथुनपनि चोटका कारण टिममा हुने छैनन । स्टार खेलाडीले भरीएको भारत विरुद्ध मुख्य खेलाडी टिममा नहुँदा बंगलादेश दबावमा रहेको छ । यता भारतको टिममा खेलाडीको चोटको समस्या रहेको छैन ।

यसले पछिल्लो पाच खेलमा चारमा जित र एक बराबरी खेलेको छ । अफगानिस्तान विरुद्धको खेलमा भारतले बराबरी खेलेको हो । बंगलादेशले भने तीन जित र दुई हार ब्यहोरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest