पिपिएल क्रिकेटका लागि १ सय ७९ खेलाडीले गरे नाम दर्ता

पोखरामा हुने पोखरा प्रिमियर लिगका लागि कुल एक सय ७९ खेलाडीले नाम दर्ता गराएका छन । पिपिएलका लागि अनलाईन मार्फत खेलाडी दर्ता खोलिएकोमा यहि नौ गते सकिएको थियो ।

इसेवा मार्फत खेलाडी दर्ता गर्दै ३ विधारमा राखिएकाे छ । जसमा क्याप्डमा ३० जना, क्याप्टको उमेर समुहमा ५७ जना र अनक्याप्डमा ७९ जना खेलाडीले नाम दर्ता गराएका छन । क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि दर्ता भएका खेलाडीलाई अब अक्सनमा राखिनेछ । जसबाट ६० खेलाडी अक्सनमा विक्रि हुनेछन ।

पिपिएलको आयोजकले क्याप्डमा राखिएको खेलाडीको अक्सनमा बेस प्राइस ५० हजार देखि अधिकतम २ लाख ५० हजार रुपैया राखेको छ । यस्तै क्याप्डकै उमेर समुहमा ५० हजार देखि १ लाख ५० हजार रुपैयामा खरिद गर्न सकिनेछ । यस्तै अनक्याप्डमा रहेको खेलाडीको न्युनतम मुल्य ३० हजार देखि अधिकतम एक लाख रुपैयाँसम्म खर्च गर्नुपर्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest