पीपीएलले पायो हस्पीटालिटी पार्टनर ‘ओयो’

कार्तिक ९ गतेदेखि पोखरामा आयोजना हुने पीपीएल क्रिकेट प्रतियोगिताका लागि हस्पिटालिटी पार्टनरको रुपमा ओयो होटेलसँग सम्झौता गरिएको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बि लामा र आयोका तर्फबाट निसिद हलानीले १ बर्षे सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

जस अनुसार ओयोले पीपीएल आयोजनाका लागि ३२ लाख बराबरको प्रायोजन उपलव्ध गराउने छ ।

यसैगरी पोखरा प्रिमियर लिगमा सहभागि हुने ६ टिमका खेलाडी व्यवस्थापक र आयोजकहरुलाई आवासीय सुविधा उपलव्ध गराउने छ । आयो दक्षिण एसियाकै सबैभन्दा ठूलो हस्पीटालिटी कम्पनी हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest