एशिया कपकाे उपाधि भारतले जित्याे, बंगलादेश ३ विकेटले पराजित

एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । गएरातिको खेलमा बंगलादेले दिएको लक्ष्य भारतले अन्तिम ओभरको अन्तिम बलमा पुरा गर्दै ३ विकेटको जित निकालेको हो ।

उपाधि जितेको भारतले एसिया कपको ७ पटक च्याम्पियन भयो । भारतले यसअघि १९८४, १९८८, १९९०, १९९५, २०१०, २०१६मा पनि तिजेको हो ।

युएईमा भएको प्रतियोगितामा पहिला ब्याटिङ गर्दै भारतलाई बंगलादेशले २२३ रनको लक्ष्य दिएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४८, दिनेश कार्तिकले ३७ , महेन्द्रसिंह धोनीले ३६ तथा केदार जाधबले नट आउट २७ रन बनाएका थिए ।
भारतलाई अन्तिम २ ओभरमा ९ रन चाहिएकोमा ४९औं ओभरमा ३ रन मात्र बनाउन सकेको थियो ।

बंगालादेशले ब्याटिङ गर्दा शुरुआत राम्रो गरेपनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा सामान्य स्कोरब बनाएको थियो ।

पहिलो विकेटका लागि लिंन्टन दास र मेहदी हसनले १२० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गराएका थिए । तर त्यसपछि नियमतिरुपमा विकेट गुमेपछि भारत बंगलादेशमाथि हावी भएको थियो । बंगलादेशका निलन्टन दासले १२१ रनको पारी खेलेका थिए । एसियाकपको म्यान अफ दी सिरिज शिखर धवन भएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest