पिपीएलकाे अक्सन भाेली, ६० खेलाडी खरिद गरिेने

कार्तिक ९ गतेदेखि पोखरामा आयोजनामा हुने पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटका लागि आइतबार खेलाडीको अक्सन हुने भएको छ ।

पहिलो पटक आयोजना हुन लागेको पीपीएलका लागि यसअघिनै मार्की प्लेयर र मालिक सार्वजनिक गरिएकोमा टिमका खेलाडीहरु भने अक्सन मार्फत खरिद गर्न लागिएको हो ।

अक्सनका लागि पीपीएलको आधिकारिक वेभ साईटमा १७९ खेलाडीले नाम दर्ता गराएका छन् । त्यसबाट आइतबार ६० जना खेलाडीको किनबेच हुने छ ।

जसमा क्याप्डमा ३० जना, क्याप्टको उमेर समुहमा ५७ जना र अनक्याप्डमा ७९ जना खेलाडीले नाम दर्ता गराएका छन । क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि दर्ता भएका खेलाडीलाई अक्सनमा राखिने प्रबन्धक छुम्बि लामाले जानकारी दिए ।

पीपीएलमा आयोजकले क्याप्डमा राखिएको खेलाडीको अक्सनमा प्रारम्भीक मूल्य ५० हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँ राखेको छ ।

यस्तै क्याप्डकै उमेर समूूहमा ५० हजार देखि १ लाख ५० हजार रुपैयामा खरिद गर्न सकिनेछ । अनक्याप्डमा रहेका खेलाडीको न्यूनतम मूल्य ३० हजारदेखि अधिकतम एक लाख रुपैयाँसम्म रहेको छ ।
६ टिमको सहभागिता रहेको प्रतियोगितामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगितामा सहभागी ६ टिममा बुटवल ब्लास्टर्समा सोमपाल कार्मी मार्की खेलाडी रहेका छन भने टिमका मालिक नरेश गौतम छन् ।
यस्तै चितवन राइनोजका मार्की खेलाडीमा कप्तान पारस खड्का रहेका छन् भने टिमका ओनर रेसम रावल महरा छन् ।

विराटनगर टाइटन्सले सन्दिप लामिछानेलाई मार्की खेलाडी पाएको छ । यो टिमका मालिक पारस लुनीया छन् । काठमाडौ रोयल्सले ज्ञानेन्द्र मल्ललाई मार्की खेलाडी पाएको छ । जसका मालिक राज्यलक्ष्मी गोल्छा रहेका छन् ।

यस्तै विनायक पोखरेलको ओनरसीपमा रहेको पोखरा पल्टनको मार्की खेलाडी शरद भेषावकर रहेका छन् । यस्तै धनगढी ब्लुजले दिपेन्द्रसिंह ऐरीलाई मार्की खेलाडी राखेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest