यू-१९ एशिया कप क्रिकेटः नेपालले पायाे ३०५ रनकाे लक्ष्य

अण्डर १९ एसिया कप अन्तर्गतको पहिलो खेलमा भारतले नेपालसामू ३०५ रनको लक्ष्य दिएको छ ।

बंगलादेशको साभारस्थित मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३०४ रन बनाएको थियो । भारतकालागि यशाभी जैसवालले १०४ रनको शतकीय योगदान दिए । यस्तै प्राव सिमरन सिंहले ८२ रनको योगदान दिए भने आयुष बादोनीले ३० तथा देबदत्त पादिक्कलले ३० रन जोडे ।

बलिङ तर्फ भीम शार्कीले चार विकेट लिए भने राशिद खानले दुई विकेट हातपारे । यस्तै कमलसिंह ऐरी, सागर ढकाल र सन्दिप जोराले पनि१–१ विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest