यू-१९ एशिया कपमा नेपालकाे पहिलाे हार, भारतसँग १७१ रनले पराजित

अन्डर नाइन्टिन एशिया कप अन्तर्गत नेपालले पहिलो खेलमा भारतसँग एक सय ७१ रनको भारी अन्तरको पराजय ब्यहोरेको छ ।

बंगलादेशको ढाकामा भएको खेलमा पलिहे ब्याटिङ गरेको भारतले ५० ओभरमा नौ विकेट गुमाउदै तीन सय चार रन बनायो । उसका ओपनर यसस्भी जैसवालले सतकिए पारी खेले । उत्कृष्ट ब्याटिङ गरेका जैसवालले एक सय चार रन बनाए । यस्तै सिमरन सिंहले ८२ तथा आयुस बडानीले ३३ र देबदत्तले ३० रन थपे । बलिङ तर्फ नेपालका भिम सार्कीले चार तथा रसिद खानले दुई विकेट लिए ।

जवाफमा नेपाल ३६ ओभर ५ बलमा मात्र एक सय ३३ रनमा अलआउट भयो । ३१ रनमा दुई विकेट गुमाएको नेपालीका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । नेपालका लागि कप्तान आसिफ शेखे २५, रोहित पौडेलले २४ तथा सन्दिप जोराले २० रन बनाए । यस्तै रवी शाहले १६ रनको योगदान गरे । बाकि खेलाडी एकोहोरो रुपमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest