पिपीएलकाे अक्सनमा राेहित र अनिल बने मंहगा खेलाडी

पोखरा प्रिमियर लिगका लागि भइरहेको खेलाडी अक्सनमा रोहिकुमार पौडेल र अनिलकुमार शाह अहिलेसम्म सबै भन्दा मंहगो खेलाडी बनेका छन । दुबै खेलाडी अधिकतक २ लाख ५० हजार रुपैयाँमा विक्रि भएका हुन ।

सुरुवाती ४ खेलाडी अनसोल्ड भएकोमा अनिलमाथि सबै टिमले विड गरेका थिए । जसमा अन्तिममा ड्र बाट चितवन राइनोजले खरिद गर्यो । यस्तै रोहितलाई पनि सबै टिमले विड गरेकोमा अन्तिममा पोखरा पल्टनले अनुबन्ध गर्यो । अक्सनको पहिलो सेसनमा शक्ति गौचन, राहुल विक जस्ता खेलाडी विक्रि भएनन ।

यता मोहम्मद सांसद सिंहलाई ६० हजार बेस प्राइसमा बुटवलले किन्यो भने मञ्जित श्रेष्ठलाई ५० हजारमा धनगढीले किन्यो । यस्तै योगेन्द्रसिंह कार्कीलाई एक लाख १० हजारमा धनगढीले किन्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest